बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

जेष्ठ ११, २०८२

राकेश नेपाली

Four people arrested for gang rape of a girl

उदयपुर — उदयपुरको कटारी नगरपालिका–४ गबुवाकी १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । 

शनिबार बेलुका बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा कटारी–४ गबुवाका २५ वर्षीय राजकुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नवीन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् ।

पीडित बालिकाले ईलाका प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले बताए । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी योगीले बताए ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully