खोटाङ — सुनकोशीमा एक किशोर बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओख्लाङका १६ वर्षीय सविन राई पौडी खेल्ने क्रममा शनिबार बेपत्ता भएका हुन् ।
मध्याह्न १२ डिकुवाको डिकुवाको तुइम्बु बाँदरखोपमा पौडी खेल्ने क्रममा राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् । उनका अनुसार सविनसँगै पौडी खेल्न गएका स्थानीय सागर राईले फोनमार्फत जानकारी गराएपछि बेपत्ता राईको खोजीमा स्थानीय र प्रहरी जुटेका छन् ।
‘किशोर बेपत्ता भएको जानकारी आएपछि च्यास्मिटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवप्रसाद घिमिरेको कमाण्डमा खोजी कार्य भइरहेको छ,’ मिश्रले भने ।
