नेकपा एसको जिल्ला अध्यक्षमा श्रेङचोङबाङ 

जेष्ठ १०, २०८२

आनन्द गौतम

Shrengchongbang as district chairman of CPN S

ताप्लेजुङ — नेकपा एकीकृत समाजवादी (नेकपा एस) ताप्लेजुङको जिल्ला अध्यक्षमा दुर्गाप्रसाद सिरेङ चोङबाङ चयन भएका छन् ।

११औं जिल्ला अधिवेशनले चोङबाङको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

शुक्रबार राति सम्पन्न बन्दसत्रले उपाध्यक्षमा रामचन्द्र पोमु (आरसी) र देवीमाया नेपाली, सचिव मोहन न्यौपाने, उपसचिवमा बादल गुरुङ, अमर लोहार र गणेश राईलाई चयन गरेको छ ।

अधिवेशनको उद्‌घाटन वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले गरेका थिए । २ सय ५० प्रतिनिधिको सहभागितामा सर्वसम्मति भएपछि अधिवेशन सम्पन्न भएको निवर्तमान अध्यक्ष छिरिङ लामाले जानकारी दिए ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully