खोला तर्ने क्रममा बगेर महिलाको मृत्यु

जेष्ठ ८, २०८२

आनन्द गौतम

A woman died after being swept away while crossing the river

ताप्लेजुङ — सिदिङवा गाउँपालिका-६ मेहेले निवासी ५१ वर्षीया विष्णुमाया लिङ्देन बिहीबार मृत फेला परेकी छन् ।

हराएको ठाउँबाट एक सय ५० मिटरको दुरीमा उनी मृत भेटिएको तेल्लोक इलाका प्रहरी कार्यालयले जनाएको छ । उनी बुधबारदेखि बेपत्ता थिइन् । 

वडाध्यक्ष रत्नकुमार लिङ्देनका अनुसार विगतदेखि तर्ने स्थानबाट तरिरहेको भए पनि खोलामा पानी एक्कासि बढेर आएको अनुमान गरिएको छ । उनको शव पोस्टमार्टम गरी परिवारलाई बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully