विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समावेशी विकास, सुशासन, पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा विशेष प्राथमिकता दिइएको छ।
'स्वच्छ, सुखी र समुन्नत प्रदेश' निर्माणको दीर्घकालीन लक्ष्यसहित आएको नीति तथा कार्यक्रममा आर्थिक र सामाजिक रूपान्तरणको दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
पूर्णपाठ:
