कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ५ गते पेश गर्ने

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

The Koshi state government will submit the policy and program on the 5th

विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ५ गते (भोलि) प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

‘सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकबाट पारित भइसकेको छ । अब उक्त कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न आवश्यक व्यवस्था मिलाइदिन प्रदेश प्रमुख समक्ष अनुरोध गरिनेछ,’ मन्त्री भण्डारीले जानकारी भने ।

कान्तिपुर

Link copied successfully