खोटाङ — साकेला गाउँपालिकामा आधारभूत अस्पतालको प्रसूति गृहको छाना शुक्रबार रातिको हावाहुरीले उडाएको छ ।
उक्त गाउँपालिका–२ रतन्छास्थित आधारभूत अस्पतालको प्रसूति गृह सञ्चालन गरिएको भवनको जस्ताले छाएको छाना उडाएको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार क्षति विवरण आइसकेको छैन । ‘छाना उडाउँदा कति क्षति भयो भन्ने विवरण आइसकेको छैन, प्राविधिक पठाइएको छ, आएपछि यकिन हुन्छ,’ राईले भने ।
