रुखबाट लडेर मृत्यु

जेष्ठ २, २०८२

दीपेन्द्र शाक्य

Death by falling from a tree

संखुवासभा — संखुवासभा पाँचखपन नगरपालिका-४  खापुङमा रुखबाट लडेर ६२ वर्षीया वृद्धको मृत्यु भएको छ। खापुङका ६२ वर्षीय सिद्धलाल गिरीको घाँस काट्ने क्रममा घर छेउमा रहेको बरको रुखबाट झरेर शुक्रवार दिउसो साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घरमा भएका चौपायालाई घाँस काट्ने क्रममा गिरी रुखबाट करिब ३० फिट माथिबाट झरेका थिए । घरनास्थलमै मृत्यु भएका उनको शव जिल्ला अस्पताल संखुवासभामा पोस्टमार्टम गर्न ल्याइएको छ । 

दीपेन्द्र शाक्य

Link copied successfully