मैवाखोलाबाट वैशाख ३० देखि हराइरहेकी महिला मृत फेला 

जेष्ठ १, २०८२

आनन्द गौतम

Missing woman from Maiwakhola since May 30 found dead

ताप्लेजुङ — मैवाखोला गाउँपालिका-१ खानीटोल चित्रे निवासी २४ वर्षीया वर्षा तामाङ मृत भेटिएकी छन् । मैवाखोला गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १ का वडाध्यक्ष चन्द्र तामाङका अनुसार वैशाख ३० गते दिउँसोदेखि उनी घरबाट हराएकी थिइन् ।

मेरिङदेन गाउँपालिका-५ थुकिम्बा माइती घर भएकी उनको शव बिहीबार दिउँसो खानीटोलको जंगलमा भेटिएको छ । शव भेटिएपछि प्रहरी कार्यालयमा खबर गरिएको प्रवक्ता तामाङले जानकारी दिएका छन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully