सगरमाथा चढ्ने क्रममा विदेशी आरोहीको मृत्यु

जेष्ठ १, २०८२

भानुभक्त निरौला

Foreign climber dies while climbing Mt

सोलुखुम्बु — विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहणका क्रममा एक जना विदेशी आरोहीको ज्यान गएको छ । बुधबार बेलुका सगरमाथाको चौथो शिविरमा पुगेका फिलिपिन्सका ४५ वर्षीय पुरुषको ज्यान गएको पर्यटन विभागले जनाएको छ । 

विभागका अनुसार बेलुका ८ बजेतिर चौथो शिविर पुगेका फिलिप नागरिक स्यान्टियागोको राति ८ बजेतिर ज्यान गएको हो । उनी थकित रूपमा चौथो आधारशिविर पुगेका थिए ।

शव चौथो शिविरमै रहेको विभागले विज्ञप्तिमा जनाएको छ । 

भानुभक्त

Link copied successfully