ताप्लेजुङ — मेरिङदेन गाउँपालिका–१ तावाखानी मेलामा गएदेखि बेपत्ता भएका मैवाखोला गाउँपालिका १ का ३४ वर्षीय मनु भनेर चिनिने मनोज थोप्रा मृत भेटिएका छन् ।
मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङका अनुसार मेरिङदेन–२ सान्थाक्रा पौवा पुछार नजिक मृत अवस्थामा भेटिएका हुन् ।
उनी हराएपछि परिवार, गाउँले र प्रहरीले खोजी तीव्र बनाएका थिए । प्रहरीले हुलिया सार्वजनिक गरेको थियो ।
‘मेलामा गएका थिए, मापसे गरेर खेतको भित्तामा सुतेको सुतेकै भएको जस्तो देखिएको छ,’ प्रवक्ता तामाङले भने । उनको शव खेतमा भेटिएको हो ।
कानुनी प्रक्रियाका लागि शव प्रहरी निगरानीमा रहेको तामाङले बताए । प्रहरीले भने पोष्टमार्टम पछि परिवारलाई शव बुझाउने भएको छ ।
