एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ल्यापटप

वैशाख २८, २०८२

आनन्द गौतम

Laptop to students who score best in SEE

ताप्लेजुङ — फुङिलङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ट अंक ल्याउने दुई छात्र–छात्रालाई एक–एक थान ल्यापटप प्रदान गरेको छ । २०८१ को एसइईमा फुङ्लिङ नगरपालिकाभित्रबाट सर्वोत्कृष्ट नतिजा ल्याउन सफल एक छात्र र एक छात्रालाई ल्यापटप कम्प्युटर प्रदान गरी सम्मान गरेको हो ।

एसइईमा सर्वोत्कष्ट नतिजा ल्याई ल्यापटप प्राप्त गर्नेमा प्रतिमा पुरी र राजीव रनपाल रहेका छन् । भानुजन माध्यमिक विद्यालयबाट एसइईमा सहभागी पुरीले ३.६७ जिपिए र रनपालले ३.६१ जिपिए प्राप्त गरेका थिए ।

फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन र उपम्रमुख भीमादेवी ओझा र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले सामग्री हस्तान्तरण गरेको शिक्षा शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिए । विद्यार्थीलाई पढाइप्रति उत्प्रेरित गर्ने उद्धेश्यले ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully