संखुवासभाको चैनपुर र ललितपुरबीच भगिनी सम्बन्ध

वैशाख २६, २०८२

दीपेन्द्र शाक्य

Sisterhood between Chainpur and Lalitpur of Sankhuwasabha

संखुवासभा — चैनपुर नगरपालिका र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। चैनपुर नगरको ११औँ वार्षिक उत्सवको अवसरमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

प्रतिनिधिमण्डलसहित चैनपुर आएका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र चैनपुरका प्रमुख कृष्णकुमार तामाङले बिहीबार भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे।

पूर्वाधार तथा शहरी विकास, समाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्कृति तथा संम्पदा संरक्षण, पर्यटन प्रर्वद्धन र शिक्षा स्वास्थ्य र आर्थिक प्रर्वद्धनका क्षेत्रमा आपसी सहयोग र अनुभव आदनप्रदान गर्ने लगायतका विषयमा सम्झौता भएको छ।

साथै स्थानीय उत्पादनलाई प्रर्वद्धन गरी उत्पादित समानहरुको बजारीकरण तथा व्यावसायिकताका लागि आवश्यक सहयोग र सहकार्यमा जोड दिने सम्झौतामा उल्लेख गरिएको छ । ‘भगिनी सम्बध अत्यन्तै महत्वपूर्ण हुनुका साथै मितेरी सम्बधले दुःख सुख साटासाट गर्ने छ,' उनले भने, 'अब हामी एकै परिवारका भयौं।' 

कला, संस्कृति, सम्पदा, वातावरण झल्कने योजनालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । चैनपुरको विकास‌को लागि ललितपुर महनगर तयार रहेको प्रतिवद्धता व्यक्त गरे।

चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले  राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको ललितपुर महानगरबाट चैनपुरले धेरै कुरा सिक्न सक्ने बताए। नेकपा एमाले प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले ललितपुर महानगर र चैनपुर नगरपालिका बीचको भगिनी सम्बन्ध ऐतिहासिक भएको बताए । विकासका लागि स्थानीय तहहरु बीच हातेमाले हुन आवश्यक रहेको भनाइ राखे ।

दीपेन्द्र

Link copied successfully