१० केजी गाँजासहित भेडेटारमा एक पक्राउ

वैशाख २६, २०८२

रमेशचन्द्र अधिकारी

One arrested in Bhedetar with 10 kg ganja

धनकुटा — साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार बजारबाट शुक्रबार बिहान दस केजी गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् ।

भेडेटार चोकमा इलाका प्रहरी कार्यालय भेडेटारका इन्जार्ज प्रहरी नायब निरीक्षक रमेश प्रधानको कमाण्डमा खटिएको टोलिले गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । 

धनकुटा हिलेबाट इटहरीतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ४३२६ नम्बरको माईक्रो जाँच्ने क्रममा पछाडि डिक्कीमा रहेको जेब्रा झोलाबाट गाँजा बरामद गरिएको जनाइएको छ ।

जाँच गर्दा उक्त झोलाभित्र बोरामा प्याक गरी राखेको १० केजी लागुऔषध गाँजा फेला परेकोले जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । प्रारम्भिक अनुसन्धानका आधारमा सोही माइक्रो गाडीमा सवार सहिदभूमि गाउँपालिका–५ खोकु बस्ने ३१ वर्षीय उद्धव राईलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully