प्रहरी सहायक निरीक्षकको लडेर मृत्यु 

वैशाख २३, २०८२

रमेशचन्द्र अधिकारी

Sub-Inspector of Police dies after falling

धनकुटा — जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत सहायक प्रहरी निरीक्षकको लडेर मृत्यु भएको छ । मृत्यु  हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४४ वर्षीय प्रेमबहादुर कटुवाल रहेको जिल्ला प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । सुनसरी इटहरी उपमहानगरपालिका-२० स्थित धनपुरी टोलमा बनाउँदै गरेको आफ्नै घरको छतमा पानी हाल्ने क्रममा लडेर उनको मृत्यु भएको हो । 

गत आइतबार २ तला माथिबाट लडेका कटुवालको  टाउकोमा गम्भीर चोट लागेको थियो । उनको आर्या न्युरो हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको डीएसपी खनालले बताए । 

इलाका प्रहरी कार्यालय दरबन्दी रहेका उनी जिप्रकामा कार्यरत थिए । उनी घर निर्माणकार्यका लागि ७ दिनको घरबिदा गएका थिए ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully