धनकुटा बस दुर्घटना : उपचारका क्रममा घाइते चालकको मृत्यु

वैशाख २२, २०८२

रमेशचन्द्र अधिकारी

Dhankuta bus accident: Injured driver dies during treatment

धनकुटा — धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटनामा चालकको समेत मृत्यु भएको छ । सुनसरी जिल्ला धरान उपमहानगरपालिका-१३ बस्ने वर्ष ५१ को रुद्र तामाङको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा बेलुकी १९:३४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ। दुर्घटनामा १२ जना घाइते भएका थिए । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully