काठमाडौँ — धनकुटा नगरपालिका–६ स्थित हाँडीखर्क सामुदायिक वनमा शुक्रबार बिहानदेखि लागेको डढेलोले वन पैदावरमा क्षति पुगेको छ ।
डढेलोले नजिकको बस्तीसमेत जोखिममा रहेको छ । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका छन् । यसैगरी, उक्त स्थानमा धनकुटा नगरपालिकाको दमकल समेत परिचालन गरिएको छ ।
डढेलो लागेको स्थान नजिकै एक घर जोखिममा रहेको प्रहरीको भनाइ छ । हावा चलेका कारण डढेलो नियन्त्रणमा कठिनाइ भएको जनाइएको छ । मध्याह्नपछि डढेलो फैलिएको स्थानीयले बताएका छन् । डढेलो लागेको कारण भने खुलेको छैन ।
