अनुकूल वातावरण छ, ढुक्कले लगानी गर्नुस् : प्रधानमन्त्री ओली

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

There is a favorable environment, invest with confidence: Prime Minister Oli

विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका निम्ति उपयुुक्त वातावरण रहेको भन्दै लगानी गर्न सबैलाई अनुरोध गरेका छन् । 'शान्ति सुरक्षाको स्थिति ठिक छ । लगानी गर्नुस्,' कोशी लगानी सम्मेलनको उद्घाटनपछि उनले बिहीबार विराटनगरमा भने, 'अनुकूल वातावरण छ । ढुक्कले लगानी गर्न सक्नुहुन्छ । डराउनु पर्दैन ।' 

ओलीले उद्योगी व्यवसायीकाे आग्रहमा उद्योगी व्यवसायी अनुकूल ऐेन संशोधन गरिएको बताउँदै लगानीमैत्री वातावरण रहेकाले लगानी गर्न कुनै समस्या नभएको बताए । भारत, बंगलादेश लगायतका देश नजिकै रहेकाले वैदेशिक व्यापारको सम्भावना पनि प्रचुर रहेको उनको भनाइ थियो । 'विदेशी र स्वदेशी लगानीका लागि कुनै समस्या हुन दिँदैनौं,' उनले भने ।

उद्यमशीलताको स्थापना बढाएर मुलुकमै रोजगारी सिर्जना गर्नुपर्ने प्रधानन्त्रीको भनाइ थियो । 'जागिरमा नभौंतारिनुस्, उद्यमशीलताको विकासमा लाग्नुस्,' ओलीले भने, 'त्यसका लागि सरकारले साथ दिन्छ । तपाईहरु प्रयास गर्नुस् ।' 

उद्यमशीलतामा महिलालाई विशेष प्राथमिकता रहेको र ब्याज अनुदानसहित नडुब्ने उद्यमशीलतामा सरकारको जोड रहेको ओलीले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully