काठमाडौँ — नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको कोशी च्याप्टरले कोशी प्रदेशमा सूचना प्रविधीको सम्भावना, अवसर र चुनौतीहरुबारे छलफल गर्न कोशी आइटी समिट गर्ने भएको छ ।
कोशीलाई डिजिटल केन्द्र बनाउने, युवाहरुका लागि रोजगारी सिर्जना गर्ने, नवप्रवर्तनको वातावरण तयार पार्न यो सम्मेलन आयोजना गर्न लागिएको आयोजक नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको कोशी च्याप्टरले जनाएको छ ।
आगामी २० गते विराटनगरस्थित विराट मेडिकल कलेजमा हुने यस सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय आइटी कम्पनीका २० भन्दा वढी वक्ताहरु सहभागी हुँदैछन् । सम्मेलनमा ५०० भन्दा धेरै सहभागी हुने, आइटी स्टार्टअप र कम्पनीहरुका स्टलहरु रहने र नेटवर्किङ सेसनहरु रहने आयोजकले जनाएको छ ।
