लडेर ७४ वर्षीय वृद्धको मृत्यु 

वैशाख १७, २०८२

रमेशचन्द्र अधिकारी

A 74-year-old man died after falling

धनकुटा — धनकुटाको चौबीसे गाँउपालिका-१, राजापोखरी टोलका एक वृद्धको लडेर मृत्यु भएको छ। स्थानीय ७४ वर्षीय पदम बहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बिहान घरबाट हिँडेका श्रेष्ठ मृत फेला परेका हुन्।

खोजतलासको क्रममा मंगलबार उनको शव  घरदेखि ७ सय मिटर नजिक फेला परेको थियो। रवि-राँके-भेडेटार सडकखण्ड अन्तर्गत राजापोखरी टोलमा सडकछेउमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully