सुनसरी — सुनसरीकाे बराहक्षेत्रस्थित सप्तकोशी नदी क्षेत्रबाट मंगलबार एक वृद्ध बेपत्ता भएका छन् । कोकाहाको संगमस्थल नजिकबाट बिहान ११ बजेतिर मोरङ केराबारी-७ दाल चोकका ७२ वर्षीय मकरबहादुर घिसिङ तामाङ बेपत्ता भएको इलाका प्रहरी कार्यालय चक्रघटी महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राईले बताए ।
आफूले जल समाधि लिन लागेको बेहोराको पत्रसमेत नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । पत्र हेर्दा तामाङमा डिप्रेसन भएको बुझ्न सकिने प्रहरीको भनाइ छ । तामाङ केराबारीबाट बिहान बराह क्षेत्र हिँडेका थिए ।
परिवारसँग सम्पर्क गरी अहिले तामाङको खोजीमा प्रहरीको गोताखोर टोली कोशीमा परिचालन गरिएको प्रहरी निरीक्षक राईले बताए ।
