अरुण नदीमा जिप खस्दा घाइते ३ जनाको उपचार हुँदै

वैशाख १५, २०८२

दीपेन्द्र शाक्य

3 injured people are being treated after the jeep fell into the Arun river

संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङ्टारबाट हिलेतर्फ जाँदै गरेको बोलेरो जिप अरुण दीमा खस्दा ३ जना घाइते भएका छन् ।

प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको गाडी दुर्घटना हुँदा खाँदबारी-९ का रमेश राई, मकालु गाउँपालिका-५ का चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका-११ का ढोकरबहादुर पाण्डे घाइते भएको जिल्ला प्रहरीका डीएसपी दक्षकुमार बस्नेतले बताए ।घाइतेको मनकामना अस्पतालमा उपचार भइरहेको छ ।

डीएसपी बस्नेतका अनुसार सोमबार दिउँसो पौने ३ बजे धर्मदेवी नगरपालिका-८ सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएको थियो । अरुण नदीमा खसेको गाडीलाई झिक्न सक्ने अवस्था नरहेको उनले बताए ।

दीपेन्द्र

Link copied successfully