संखुवासभा — खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको शंकास्पद मृत्यु भएको छ ।
घरमा सुतिरहेको अवश्यामा आइतबार विहान साढे १२ बजे दुइजना नचिनेको मान्छेको समूहले घाँटी थिचेको उनको श्रीमतीले प्रहरीलाई बताएकी छिन् ।
घरभित्र अपरिचित व्यक्ति छिरेपछि छिमेकीलाई भेला गरेर हेर्दा उनको मृत्यु भइसकेको थियो । प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मृत्यु शंकास्पद भएकोले सबै नाकामा शंकास्पद व्यक्तिको तलासी र सोधपुछ भइरहेको छ ।
तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालिने प्रहरीले जनाएको छ । मृतक सामान्य परिवारका हुन् । घरमा श्रीमती र मीनबहादुर बस्दै आएका थिए ।
