वृद्धको शंकास्पद मृत्यु घटनामा कुकुर परिचालन गरेर अनुसन्धान

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

An investigation into the suspicious death of an elderly man using a dog

संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमाल शंकास्पद मृत्यु घटनामा प्रहरीले कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरेको छ ।

धरानबाट तालिमप्राप्त कुकुर ल्याएर आइतबार दिउँसोबाट अनुसन्धान सुरु गरिएको डीएसपी दक्षकुमार बस्नेतले बताए ।

घरमा सुतिरहेको अवस्थामा आइतबार मध्यरात दुई नचिनेको मान्छेले कुमालको घाँटी थिचेर हत्या गरेको उनकी  श्रीमतीको भनाइ छ । घरभित्र छिरेर ती व्यक्तिले लछारपछार गरेपछि श्रीमतीले छिमेकीलाई बोलाएर फर्किंदा उनको मृत्यु भइसकेको थियो ।

मृत्यु शंकास्पद भएकाले सबै नाकामा नयाँ अनुहारका र शंकास्पद व्यक्तिको खानतलासी, सोधपुछ भइरहेको डीएसपी बस्नेतले बताए । मृतक सामान्य परिवारका हुन् । घरमा श्रीमती र उनी मात्रै बस्दै आएका थिए ।

कान्तिपुर

Link copied successfully