लागुऔषध मुद्दामा हिरासतमा रहेका अधिकारीको घरबाट तीन किलो गाँजा बरामद

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Three kilos of marijuana were recovered from the house of an officer who was detained in a drug case

संखुवासभा — लागुऔषध बिक्री गरेको आरोपमा पकाउ परेर हिसासतमा रहेका धर्मदेवी नगरपालिका–४ का गोपाल अधिकारीको घरबाट तीन किलो गाजा बरामद गरेको प्रहरीले जनाएको छ ।

धर्मदेवी- ४ तीरतीरेस्थित घरमा लुकाएर राखेको अवस्थामा अधिकारीको भरबाट प्रहरीले ३ किलो १ सय ग्राम गाजा बरामद गरेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

अधिकारीलाई बैशाख ११ मा लागुऔषध बिक्री वितरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेर हिसासतमा राखिको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully