संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका–५ नुममा रहेको नुङदाङ जंगलमा निसान राईको करेन्ट लागेर शुक्रबार ज्यान गएको छ ।
कटुसको रुखमा घाँस काट्ने क्रममा शुक्रबार ४ बजेतिर करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले बताए ।
कटुसको रुखभन्दा माथि रहेको बिजुलीको तारले घाँस काट्ने क्रममा रुखलाई छोएपछि करेन्ट लागको अनुमान गरिएको छ ।
मृतक रुखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।
