पृथ्वी माविमा एक करोड चार लाखको अक्षयकोष स्थापना

वैशाख १३, २०८२

लक्ष्मी गौतम

Establishment of Akshay Kosh of one crore four lakhs on earth

पाँचथर — कुम्मायक गाउँपालिका केन्द्र यासोकमा सञ्चालित पृथ्वी माविले हिरक महोत्सवको सन्दर्भमा १ करोड ४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ।

विद्यालयले यो अवसरमा सेवा क्षेत्रमा पर्ने यासोक, रानीगाउँ, माङ्जावुङ, स्याब्रुम्बा र आङ्सराङसहित विभिन्न स्थानबाट कामका सिलिसिलामा जिल्ला तथा देशबाहिर गएका स्थानीय, अविभावक, पूर्व विद्यार्थी र सरोकारवालाबाट यतिका रकम बराबरको अक्षयकोष स्थापना गरेको हो।

व्यवस्थापन समिति, विद्यालय प्रशासन र ६० औं वार्षिक उत्सव मूल समारोह समितिले हिरक महोत्सवको मनाउने निर्णयसहित विद्यालयको दिगो सञ्चालनका लागि अक्षयकोषमा योगदान गर्न आह्वान गरेको थियो। जसकारण देश विदेशबाट विद्यालयलाई सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक ऋषिराम गजुरेलले बताए।

विद्यालयको दिगो व्यवस्थापन सञ्चालन, छात्रवृत्ति, शिक्षक कर्मचारी प्रोत्साहन, उत्कृष्ठ विद्यार्थी शिक्षक पुरस्कार,  गरिब तथा जेहेन्दार विद्यार्थी प्रोत्साहन आदि शीर्षकमा अक्षयकोष स्थापनाका लागि दाताहरुबाट अक्षयकोष जम्मा भएको वडा नं. १ का अध्यक्ष देवेन्द्र लावतीले बताए। 

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully