खोटाङ — जिल्लामा गत वर्ष बाढीले क्षति पुर्याएको खानेपानी, सिंचाइ र विद्यालय पुनर्निर्माणका लागि कोशी प्रदेश सामाजिक विकास र खानेपानी तथा सिंचाइ मन्त्रालयले एक करोड ५१ लाखभन्दा बढी बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष पुनर्निर्माण गर्ने गरी एक करोड ५१ लाख ५५ हजार रुपैयाँ बराबरको योजना पुनर्निर्माणका लागि बजेट विनियोजन गरिएको हो ।
कोशी प्रदेश सामाजिक विकास एवम् खानेपानी तथा सिंचाइमन्त्री पाँचकर्ण राईका अनुसार विपतको योजनाअन्तर्गत उक्त बजेट विनियोजन गरिएको हो । उनका अनुसार मेवाखोला दुब्लाखा दोभान साकेला कुलो सिंचाइ योजनाका लागि पाँच लाख, बाम्राङ काउले खोला छासुम खोला सिंचाइ योजना पाँच लाख, खाल्ले नुरेखोला महलेखेत सिंचाइ योजना तीन लाख, बाम्राङ ढोडेखोलादेखि पापेरोडाँडा सिंचाइ योजना तीन लाख, राजापानी दशमुरे सिंचाइ कुलो पाँच लाख बजेट विनियोजन गरेको हो ।
त्यसगरी दिक्तेल बहुमुखी क्याम्पस पर्खाल निर्माण तीन लाख, छोरम्बु भोटेकुलो सिंचाइ योजना पाँच लाख, राजापानी लैकुसेरा कटहरे कुलो सिंचाइ योजना पाँच लाख, राजापानी बाझगरा कुलो सिंचाइ योजना पाँच लाख, राजापानी रेग्मीटार सिंचाइ कुलो योजना चार लाख, राजापानी लैकुखोला गैयाटार सिंचाइ कुलो योजना तीन लाख, दिक्तेल लप्से पन्चमी सिंचाइ योजना तीन लाख, दिक्तेल माटीकोरे देवाली थान पहिरो नियन्त्रण योजना चार लाख, विजयखर्क चम्पावती मावि पहिरो नियन्त्रण योजना पांच लाख बजेट विनियोजन गरेको मन्त्री राईले जनाएका छन् ।
त्यस्तै बडहरेस्थित खडेन्द्र राईको घर छेउ पहिरो रोकथाम नौ लाख, केपिलासगढी फेदी शुक्रबारे खानेपानी योजना एक लाख ५० हजार, केपिलासगढी फेदी सारालुङ्ग खानेपानी योजना दुई लाख ५० हजार, केपिलासगढी खार्तम्छा खानेपानी योजना दुई लाख ३० हजार, केपिलासगढी बास्पानी पोखरी खुवावुङ्ग खानेपानी योजना दुई लाख, केपिलासगढी बाक्सिला खत्रीगााउँ खानेपानी योजना दुई लाख, केपिलासगढी सुङ्देल खानेपानी योजना एक लाख, बुवालुङ लप्से खोला खानेपानी योजना दुई लाख ५० हजार बजेट छुट्ट्याएको राईको भनाइ छ ।
त्यसैगरी खाल्ले छिवा खानेपानी योजना दुई लाख ५० हजार, रावाबेंसी–४ भोर्लेनी खानेपानी योजना एक लाख ५० हजार, रावाबेसी दुधकोशीको पानी लिफ्टिङ योजना एक लाख ५० हजार, रावाबेंसी डुम्रेधारापानी राजापानी योजना दुई लाख ५० हजार बाराहापोखरी गङ्गटे खोला मुहान गरी कम्पुघाट खानेपानी योजना दुई लाख, केपिलासगढी लङ्खा खानेपानी योजना दुई लाख, दुर्छिम रावुखोला लिफ्टिङ खानेपानी योजना दुई लाख ५० हजार, बाम्राङ ताकमारे खानेपानी योजना दुई लाख, बाहुनीडाँडा कुन्तीखोला खानेपानी योजना एक लाख, जन्तेढुंगा घोर्लेखोला खानेपानी योजना एक लाख ५० हजार, ऐँसेलुखर्क–६ ढााडे खानेपानी योजना एक लाख, बाम्राङ नङग्रेखोला खानेपानी योजना एक लाख ५० हजार, सोल्मा करिखोला खानेपानी योजना एक लाख, खोटेहाङ चिप्रिङ सिम्पानी खानेपानी योजना एक लाख ५० हजार गरी एक करोड चार लाख ८० हजार रूपैयाा बजेट विनियोजन गरेको मन्त्री राईले सुनाए ।
त्यस्तै बाढीले क्षति पुर्याएको खाल्लेस्थित सगरमाथा आधारभूत विद्यालयलाई चार लाख ७५ हजार, विजयखर्कस्थित चम्पावती माविलाई नौ लाख, केपिलासगढी–५ स्थित मालिकादेवी आधारभूत विद्यालयलाई दुई लाख ५० हजार, दिप्रुङ चुइचुम्मा–७ स्थित जनजागृती आधारभूत विद्यालयलाई चार लाख, केपिलासगढी–१ स्थित गंगा जमुना आधारभूत विद्यालयलाई दुई लाख ५० हजार, हलेसी तुवाचुङ–१० स्थित जल्लेवरी आधारभूत विद्यालयलाई चार लाख ७५ हजार, निर्मलीडाँडास्थित मनोकामना जनकल्याण माविलाई १२ लाख, हलेसी तुवाचुङ–३ स्थित कलङ्का आधारभूत विद्यालयलाई दुई लाख ५० हाजर र खाल्लेस्थित सालपादेवी आधारभूत विद्यालयलाई चार लाख ७५ हजार गरी ४६ लाख ७५ हजार बजेट विनियोजन गरेको मन्त्री राईले सुनाए ।
