भीरबाट लडेर बालकको मृत्यु

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

A child died after falling from a cliff

संखुवासभा — भीरबाट लडेर चैनपुर–९ त्रिशुलेस्थित सिंह देवीथान जंगलमा बाख्रा चराउन गएका ८ वर्षीय दिलीप भण्डारीको बिहीबार मृत्यु भएको छ ।

बाख्रा चराउन गएका ८ वर्षीय बालक भण्डारी त्रिशुले भीरबाट करिब १५ मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले बताए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव पोस्टमार्टमका लागि चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully