धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

वैशाख १०, २०८२

रमेशचन्द्र अधिकारी

One killed in tractor accident in Dhankuta

धनकुटा — कोशी राजमार्गको धनकुटा नगरपालिका–९ रुद्रबारीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

को २ त ७९३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा धनकुटाकाे सहिदभूमि नगरपालिका–७ का २० वर्षीय विवेक बगाले थापा व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । टायर पन्चर भएर ट्याक्टर  अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । 

ट्याक्टरका चालक समेत फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully