सशस्त्र प्रहरी कञ्चनजंघा गुल्मको वार्षिक उत्सवमा प्रहरी पुरस्कृत

वैशाख १०, २०८२

आनन्द गौतम

Armed Police Kanchanjunga Gulm's annual festival of police awards

ताप्लेजुङ — प्रहरी कर्मचारी तथा सहयोगी निकायलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्म ताप्लेजुङले आफ्नो १५ औं वार्षिक उत्सव मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) शम्भु सुवेदीले सम्मान प्रदान गरेका थिए ।

वार्षिक उत्सवको अवसरमा २ ग्रेड तलब बृद्धि थप पुरस्कारसहित प्रहरी जवान किरण लोप्चन र सुमन कार्की पुरस्कृत भए । सुरक्षा बेस ढुंगेसाँघुका प्रहरी निरीक्षक योगहाङ पतङवा, प्रहरी नायब निरीक्षक अजुदकुमार राई, हवलदार सञ्जयकुमार तामाङ, जवान रामप्रसाद रिजाल नगदसहित पुरस्कृत भए । 

उत्कष्ट कार्य सम्पादन गरेका सिनाम बेस क्याम्पका प्रहरी निरीक्षक रामचरण यादव, सहायक निरीक्षक चुडाराज थापा र योगेन्द्रनाथ चालिसे, हवलदार शिवचन्द्र प्रसाद जैशवार, डिल्लीराम राई, युवराज अधिकारी, रामप्रवेश राय यादव, चन्द्रहाङ लिम्बू, डिल्लीसागर अधिकारी, सनिल खड्काले प्रशंसापत्र प्राप्त गरे । उनीहरुलाई कञ्चनजंघा गुल्मका गुल्मपति नरेश महर्जनले सम्मानपत्र प्रदान गरे । 

Armed Police Kanchanjunga Gulm's annual festival of police awards

डीआईजी सुवेदीले राज्य पहिलो प्राथमिकता भन्ने मान्यताका साथ सशस्त्र प्रहरीले काम गरिरहेको बताए । सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले कर्तव्यनिष्ट ढंगले काम गरिरहेको र गरिरहने प्रतिवद्धता पनि जनाए । २०६७ साल वैशाख १० गते सशस्त्र प्रहरी निरीक्षकको रुपमा स्थापना भएको १५ वर्ष पुगेको अवसरमा केक काटिएको थियो भने सांगितिक तथा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । २०६८ सालदेखि यो कार्यालय फुङलिङ नगरपालिका–२ मा रहेको छ । २८ रोपनी जमिनमा कार्यालय रहेको उल्लेख छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully