ट्याक्टरले ठक्कर दिँदा खोटाङमा पुरुषको मृत्यु

वैशाख १०, २०८२

डम्बरसिं राई

A man died in Khotang when he was hit by a tractor

खोटाङ — ट्याक्टरले ठक्कर दिँदा खोटाङमा एक पुरुषको मृत्यु भएको छ ।

प्रदेश २, ०१००१ त १४६४ नम्बरको ट्याक्टरले मंगलबार राति ठक्कर दिँदा ऐँसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका ४५ वर्षीय यादव राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार राखावाङ्देलबाट फेदी जाँदै गरेको ट्याक्टरले ठक्कर दिँदा राईको मृत्यु भएको हो । उनको शव ऐँसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्ने तयारी भइरहेको मिश्रले सुनाए । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully