खोटाङ — कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले खोटाङका विभिन्न योजनाको मर्मत सम्भार तथा पुनर्निर्माणमा बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष जिल्लाका विभिन्न ४३ वटा योजनाको मर्मत सम्भार तथा पुनर्निर्माणका लागि तीन करोड १७ लाख बजेट छुट्याइएको हो ।
भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईका अनुसार जालपा–कादेल–बाक्सिला सडक ग्राभेलका लागि सात लाख, दिक्तेल–जाल्पा–ऐँसेलुखर्क जोड्ने सडकका लागि सात लाख, बानाचुङदेखि दोवेला हुँदै साकेला गाउँपालिका जोड्ने सडकका लागि सात लाख, किरात चोकदखि आहाल डाँडा खेल मैदान जोड्ने सडकका लागि सात लाख, भाड्बेसी हलेसी सडकका लागि सात लाख, हरेलो डाँडादेखि संसारी डाँडा बंगुर फर्म गुप्तेश्वर सडक मर्मतका लागि दस लाख, आहाले–लिपेदोभान–राजापानी–महभिर–रेग्मीटारका लागि सात लाख, दिक्तेल–साप्सुखोला–मात्तिम–मनेभन्ज्याङ–पाँचधारे सडकका लागि सात लाख बजेट विनियोजन गरेको छ ।
त्यस्तै, बाँझेचिहानडाँडा रतन्छा मानेभन्ज्याङ्ग काल्चिन खोला सडकका लागि सात लाख, कालापानी ठूलीबेसी खोटाङ बजार सडकका लागि सात लाख, डुम्रीबोटे–रुम्दु–फोक्सीन्टार सडक योजनाका लागि सात लाख, धाप्लाङ्ग धर्तुङ्ग बराहपोखरी सडकका लागि सात लाख, साउनेचौरदेखि बन्दुवा आसावाला फोक्सीङटार सडकका लागि बीस लाख, धप्लाङ मासिङ्गटार खाप्ताङ्ग सडकका लागि सात लाख, आहाले साप्सुखोला रातमाटा कोटगाउँ सडकका लागि १२ लाख, तावाखोला टेम्मा याम्खा पञ्चमी सडकका लागि १३ लाख, ढाडेखोलादेखि पुरानागाउँ जोड्ने सडकका लागि सात लाख, टुवाखोला दिहु जनसेवा मावि हुँदै छितापोखरी सडकका लागि १० लाख, पञ्चमी–टुवाखोला–रोक्सिङ सडकका लागि १३ लाख, चिसापानी छिमवा भन्ज्याङखर्क सडकका लागि सात लाख, चिसापानी वंगशिला सडकका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी संसारी डाँडा बगरे भन्ज्याङ सडक मर्मतका लागि सात लाख, सिन्तांग खुन्द्रे जन्तेढुंगा सडकका लागि आठ लाख, बाक्सिला–खार्तम्छा–फेदी–धोन्द्रे सडकका लागि आठ लाख, बाक्सिला खत्रीगााउँ दिप्सुंग बाहाने सडकका लागि सात लाख, सुन्तले माकापू लुवङ सडकका लागि सात लाख, जुगेबारी फुलपाती प्रावि स्कुल गिरी गाउँ दलित बस्ती हुँदै स्वास्थ चौकी पाथेका जाने सडकका लागि सात लाख, बिजुले, बुइपा, बाम्राङ दिक्तेल सडकका लागि आठ लाख, ऐँसेलुखर्क साबिक ५ वडा देखि साबिक वडा नम्बर ४ र ६ हुँदै स्वास्थ्य चौकी जाने सडकका लागि सात लाख विनियोजन गरिएको छ ।
त्यसैगरी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दुदिले–खानामा सडकका लागि सात लाख, हलेसी तुवाचुङ नगरपालिका चिप्टार झोलुङ्गे पुलका लागि सात लाख, डिकुवा नर्सरी झोलुङ्गे पुलका लागि सात लाख, चारवोटे झोलुङ्गे पुलका लागि सात लाख, कुर्लेघाट झोलुङ्गे पुलका लागि सात लाख, हलेसी तुवाचुङ बतासेघाट झोलुङ्गे पुलका लागि सात लाख, लैकुघाट झोलुङ्गे पुलका लागि सात लाख, गोडेली झोलुङ्गे पुलका लागि सात लाख, हैदे झोलुङ्गे पुलका लागि सात लाख, धाप्लाङ झोलुङ्गे पुलका लागि सात लाख, बाराहापोखरी बन्सिलाघाट झोलुङ्गे पुलका लागि सात लाख, बतासे भाडारे झोलुङ्गे पुलका लागि सात लाख र कम्फु झोलुङ्गे पुलका लागि सात लाख गरी तीन करोड १७ लाख रूपैयाँ विनियोजन गरिएको हो ।
