काठमाडौँ — धनकुटाको साँगुरीगढी गाउँपालिका-७ लेउती पुलबाट २० किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् ।
धरान जाँदै गरेको बा ७३ प ३९१५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेकाे जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओेमप्रकाश खनालले जानकारी दिए । गाँजा ओसारपसारमा संलग्न स्थानीय २० वर्षीय अवी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
