झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु

वैशाख ८, २०८२

कान्तिपुर संवाददाता

Inmate of Jhapa Jail died during treatment

विराटनगर — झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ ।

इलाम माङ्सेबुङ गाउँपालिका-४ का स्थायी बासिन्दा विश्वकर्मालाई घाँटीको क्यान्सरको लक्षण देखिएको थियो।

सोमबार अपराह्न उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

मृतकका आफन्तहरूलाई घटनाबारे सूचित गरिएको छ भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको कारागार प्रशासनले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully