ओरेन्ज सिटीमा नयाँ वर्षको उत्सव (तस्बिरहरु)

वैशाख १, २०८२

रमेशचन्द्र अधिकारी

New Year's Eve Celebrations in Orange City (Photos)

धनकुटा — एकै रङले सजिएका सिङ्गो बस्तीले त्यहाँ पुग्नेको मन लोभ्याउँछ । सुन्तले रंगले पोतिएका घर भएकै कारण बस्तीको नाम ओरेन्ज सिटी राखिएको छ ।

धनकुटा नगरपालिका ५ मा रहेको माथिल्लो र तल्लो कोप्चे यसरी सजाइएको हो । ६ वर्ष पहिले माथिल्लो कोप्चेबाट थालिएको समान रंगले रंगाउने अभियानले तल्लो कोप्चेलाई पनि समेटेको छ । दुवैको नाम कोप्चे ओरेन्ज सिटीको रुपमा बदलिएको छ ।

New Year's Eve Celebrations in Orange City (Photos)

धरान–धनकुटा सडक बन्नु पहिलेको पूर्वी पहाडको मुख्य व्यापारिक केन्द्र मध्येको तल्लो र माथिल्लो कोप्चे पछिल्लो समय क्रमशः सुनसान बन्दै गएपछि स्थानीयले पुनर्जागरण अभियान थालेका छन् । यसै अभियान नयाँ वर्ष २०८२ को अवसर पारेर आइतबारदेखि तेस्रो कोप्चे उत्सव सुरु भएको छ ।

New Year's Eve Celebrations in Orange City (Photos)

‘मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ ऐतिहासिक बिहीबारे हाटस्थलमा तीन दिनसम्म आयोजना हुने छ । उत्सवमा मौलिक नेवारी र आठपहरिया जातिको कला, संस्कृति, भेषभूषा, रहनसहन र परिकार विशेष आकर्षण रहेको महोत्सव संयोजक रिदम श्रेष्ठले बताए ।

New Year's Eve Celebrations in Orange City (Photos)

उत्सवको मुख्य उदेश्य कोप्चे पुनर्जागरण अभियानको बारेमा जानकारी प्रदान गर्न, पर्यटन विकास मार्फत् आर्थिक सामाजिक विकास र जीवनस्तर उकास्ने प्रयास रहेको बताइएको छ ।

New Year's Eve Celebrations in Orange City (Photos)

यस्तै, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक मौलिकताको संरक्षण र बाहृय पर्यटन केन्द्रको रुपमा विकास गर्नु रहेको उत्सवका संयोजक श्रेष्ठले बताए ।

New Year's Eve Celebrations in Orange City (Photos)

महोत्सवमा २० स्टल रहेको छ । स्टलमा नेवारी र आठपहरिया जातिको मौलिक परिकार समावेश छ । संस्कृति संरक्षण र पर्यटन विकासका लागि अन्तर्क्रिया, सन्देशमुलक चलचित्र प्रदर्शनी, धनकुटाका पुराना तस्बिरको प्रदर्शनी तथा मनोरञ्जनात्मक खेल समेत समावेश छन् ।

New Year's Eve Celebrations in Orange City (Photos)

उत्सवमा २० हजार पर्यटकको सहभागिता रहने आयोजकको अपेक्षा छ। ओरेन्ज सिटी नाम दिइएको तल्लो र माथिल्लो कोप्चेका डेढ सय घर सुन्तले रंगमा सजिएको अभियन्ता तथा माथिल्लो टोल बस्ती संगठनका अध्यक्ष गोविन्द राईले बताए ।

New Year's Eve Celebrations in Orange City (Photos)

पछिल्लो समय थालिएका गतिविधिबाट पर्यटक आकर्षण बढ्न थालेको स्थानीय राम श्रेष्ठ बताउँछन् । उक्त स्थानमा दैनिक पर्यटक पुग्ने गरेका छन् ।

New Year's Eve Celebrations in Orange City (Photos)

New Year's Eve Celebrations in Orange City (Photos)

New Year's Eve Celebrations in Orange City (Photos)

New Year's Eve Celebrations in Orange City (Photos)

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully