ताप्लेजुङमा सुक्खा पहिरोले घर पुर्‍यो

चैत्र ३१, २०८१

आनन्द गौतम

Landslides hit home in Taplejung

ताप्लेजुङ — सुक्खा पहिरोले फक्ताङलुङ गाउँपालिका-३ लिङखिम दिबुङ निवासी देउप्रसाद निरौलाको घर र मतान पुरेको छ ।

ढुंगा, माटो, टिनको छाना भएको तीनतले घर पुरिँदा लत्ताकपडा, मकै १३ मुरी, कोदो ४ मुरी, धान २० मुरी, दाल २ मुरी, आलु २ मुरी, भाँडाबर्तन, ल्यापटप, मोबाईल, गरगहना गरी ३४ लाख ७४ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तालेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

पहिरोले यही घरमा डेरा गरी बस्ने वडासचिव ओमप्रकाश पौडेलको ल्यापटप, प्रिन्टर, बायोमेट्रिक हाजिरी मेसिन, टेबल, खातापाता, छाप, लत्ताकपडा लगायत १ लाख ७७ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully