असिनापानीले किबी र आलुमा क्षति

चैत्र ३१, २०८१

दीपेन्द्र शाक्य

Hail damage to kiwifruit and potatoes

संखुवासभा — संखुवासभाको धर्मदेवी नगरपालिका-१ र २ मा भीषण असिनापानी परेको छ ।

 आइतबार करिब १ घण्टा हावाहुरीसँगै परेको असिनाले तेल्लोकका किसानले लगाएको किबी, आलु र मकै नष्ट पारेको कृषक डम्बर कार्कोले बताए । असिनाले २ सयभन्दा बढी किसानले लगाएको कृषिजन्य वस्तु सखाप पारेको उनको भनाइ छ ।

फूल फुलिरहेको किबी असिनाले झारेको छ भने खन्न ठिक्क परेको आलु पनि नष्ट भएको छ ।

दीपेन्द्र

Link copied successfully