संखुवासभाको पाँचखपनमा मानव कंकाल भेटियो

चैत्र ३१, २०८१

दीपेन्द्र शाक्य

A human skeleton was found in Panchkhapan of Sankhuwasabha

संखुवासभा — संखुवासभाको पाँचखपन नगरपालिका-९ तेर्सेको कुलमाने जंगलमा मानव कंकाल फेला परेको छ।  जंगलमा च्याउ खोज्न गएका स्थानीयले आइतबार मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी निरीक्षक नरेश लिम्बूसहितको टोलीले आवश्यक कानुनी प्रक्रियापछि मानव कंकालको परीक्षण र सनाखतको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ।

फेला परेको मानव कंकाल पाँचखपन नगरपालिका-९ तेर्से बस्ने ४५ वर्षीय डिङबुटी शेर्पाको रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

शेर्पा २०८१असार २४ गते अन्दाजी बिहान साढे ९ बजे घरबाट बिजुली बत्तीको महसुल तिर्न चैनपुर गएका थिए । त्यसपछि शेर्पा घर पुर्किएका थिएनन् । उनले लगाएको जुत्ता र लत्ता कपडाको आधारमा सनाखत गरिएको जिल्ला प्रहरीका डीएसपी दक्षकुमार बस्नेतले बताए ।

दीपेन्द्र

Link copied successfully