हलेसी महादेव स्थान र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्ष नियुक्त

चैत्र २९, २०८१

रासस

Appointed Chairman of Halesi Mahadev Sthana and Greater Barah Area Development Committee

काठमाडौँ — कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले हलेसी महादेव स्थान विकास समिति र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्ष नियुक्ति गरेको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज साँझ बसेको बैठकले हलेसी महादेव स्थान विकास समितिको अध्यक्षमा हलेसी तुवाचुङ–७ का डिल्लीकुमार राईलाई नियुक्त गरेको हो । यस्तै, बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्षमा बराहक्षेत्र–४ सुनसरीका प्रकाश बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

रासस

Link copied successfully