नेकपा एस कोशी प्रदेश अध्यक्षमा सरिता खड्का

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

Sarita Khadka as CPN S. Koshi State President

विराटनगर — नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा  सरिता खड्का चयन भएकी छन् । पार्टीको उपमहासचिव राजेन्द्र राई नेतृत्वको अध्यक्ष मण्डलले संखुवासभाकी खड्कालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी यसअघि प्रदेशसभा सदस्यसमेत भइसकेकी छन् ।

गत मंगलबार अध्यक्ष माधव नेपालले सुनसरीको इटहरीमा अधिवेशन उद्घाटन गर्दै सहमतिको नेतृत्वको आह्वान गरेका थिए ।  

पाँच जना दाबेदारमध्ये खड्काले अन्ततः नेतृत्वको विश्वास जितेकी हुन् । अध्यक्ष पदका लागि पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी, केशव विष्ट र उदयपुर अध्यक्ष विनोद खड्का  आकांक्षी थिए।

पार्टीले खोटाङका जलशेर राईलाई प्रदेश सचिवको जिम्मेवारी दिएको छ भने उपाध्यक्ष पद भने खाली नै राखिएको छ। एकीकृत समाजवादीको कोशी प्रदेश नेतृत्व चयनलाई पार्टीको भावी रणनीति र सुदृढ संगठन विस्तारको सन्दर्भमा महत्त्वपूर्ण पाइला मानिएको छ।

कान्तिपुर

Link copied successfully