सिबुचे भिरबाट लडेर बेल्जियन आरोहीको मृत्यु

चैत्र २८, २०८१

भानुभक्त निरौला

Belgian climber dies after falling from Sibuche Bhair

सोलुखुम्बु — सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका वडा नम्बर-७ स्थित सिबुचे भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ ।

बिहीबार बिहान चिप्लिएर बेल्जियमका ६४ वर्षीय आन्द्रे डेक्लियरको मृत्यु भएको स्थानीय टेक हादुर राईले जानकारी दिए । 

माप्यदूधकाशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईका अनुसार डेक्लियर मेरापिक हिमाल चढ्न आएका थिए । प्रतिकूल मौसमका कारण उद्धारका लागि हेलिकप्टर तत्कालै आउन नसकेको राईको भनाइ छ ।

भानुभक्त निरौला

Link copied successfully