उदयपुरमा कार दुर्घटना : चार जना घाइते

चैत्र २७, २०८१

राकेश नेपाली

Car accident in Udaipur: Four injured

उदयपुर — मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सातधारेमा बुधबार बिहान कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । मोरङको केराबारीबाट काठमाडौं जाँदै गरेको बीएबी ५४९२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी कार चालक मोरङ केराबारी गाउँपालिका–८ का ४७ वर्षीय विनोद भट्टराई, उनका छोरा ११ वर्षीय सम्पन भट्टराई, श्रीमती ४२ वर्षीया रीता भट्टराई र कारमा सवार ललितपुर उपमहानगरपालिका–४ जाउलाखेलका ४८ वर्षीय त्रिपुरा सत्याल घाइते भएका छन् ।

घाइतेहरूको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी नायब निरीक्षक प्रमोद साहले बताए । घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । 

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully