संखुवासभा — योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको परिषद् (सिनेट) बैठक मंगलबारदेखि खाँदबारीमा सुरु भएको छ । विश्वविद्यालयका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा ३१ सदस्यीय समिति बैठकमा जुटेको हो।
अध्यक्ष कार्कीका अनुसार बैठकमा विश्वविद्यालयका नीतिनिर्माणका बारेमा महत्त्वपूर्ण निर्णय हुनेछ। त्यस्तै बैठकले उपकुलपति निक्युक्ति, बजेट व्यवस्थापन तयारी, लोगो निर्माण, प्रविधिक शिक्षालयका बारेमा र भौतिक पूर्वाधार निर्माणका विषय, कर्मचारी नियुक्तिका बारेमा निर्णय हुनेछ। बैठकमा २९ जना विज्ञ टोली पनि सहभागी छन्।
विश्वविद्यालय निर्माणका लागि खाँदवारीको ढुंगे विसौनीमा ५ सय रोपनी र भोजपुरको दिङ्ला क्षेत्रमा २ सय रोपनी जग्गा व्यवस्थापन गरिसकेको छ। बैठकअघि सोमबार विश्वविद्यालयले सरोकारवालासँग छलफल र परामर्श गरेको थियो।
