दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम पुन: परिवर्तन गर्न प्रस्ताव

चैत्र २६, २०८१

डम्बरसिं राई

Proposal to change the name of Diktel Rupakot Majhuwagadhi Municipality

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नाम परिवर्तन गर्न कसरत सुरु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सोमबार भएको कार्यपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्ताव गरिएको हो ।

नगर प्रमुख तीर्थराज भट्टराईका अनुसार नगरको नाम लामो भएकाले छोट्याउनका लागि प्रस्ताव गरिएको हो । नाम छोटो बनाउनका लागि राजनीतिक दल, विभिन्न संघसंस्थाहरू लगायतका सरोकार निकायसFग छलफल गरेर निष्कर्षमा पुग्ने गरी बहस सुरु गरिएको भट्टराईको भनाइ छ ।

‘बाहिरकाहरूले समेत नगरपालिकाको नाम लामो भयो भनेर गुनासो गर्नु भयो, कार्यपालिकाका सबैले छोटो बनाउ भन्नुभयो, त्यसैले छोटा बनाउन नाम परिवर्तन गर्न प्रस्ताव गरिएको हो,’ भट्टराईले भने, ‘राजनीतिक दल, विभिन्न संघसंस्थाहरू, सरोबारवाला निकायसँगको छलफल गरेर निष्कर्षमा पुग्ने गरी बहस सुरु गरिएको हो ।’

यसअघि २०७४ मा पहिलोपटक भएको स्थानीय तहको निर्वाचनपछि रूपाकोट मझुवागढी नगरपालिकाको अगाडि दिक्तेल थपेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका बनाइएको थियो । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully