संखुवासभा — उर्जामन्त्री दीपक खड्काले विदुषी योगमाया हिमालयन विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । उनले संखुवासभा जडिबुटीको हब भएकाले विश्वविद्यालय सञ्चालनमा धेरै सहयोग पुग्ने बताए ।
संखुवासभाको खाँदबारीमा सोमबार आयोजित राष्ट्रिय परामर्श कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खड्काले विश्वविद्यालयका लागि छिट्टै कर्मचारी व्यवस्थापन हुने बताए ।
उनले संविधानमा नअटाएकाले राजालाई १७ वर्षअघि फालिसकेको बताए । उनले आन्दोलन गरेर राजा नफर्किने पनि बताए । राजा ल्याउने नाममा गरिएको प्रदर्शनका कारण सरकारले ठूलो क्षति व्यहोर्नु परेको बताए ।
मन्त्री खड्काले उर्जाको क्षेत्रमा विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै स्थानीय जनतालाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताए ।
उनले संखुवासभामा बन्न लागेको अपर अरुण आयोजना स्थानीय जनताको हितमा हुने गरी अगाडि बढाइने उनले प्रतिबद्धता जनाए । जिल्लाका प्रत्येक घरधुरीलाई ५ लाख रुपैयाँ बराबरको सेयर दिनेमा आफ्नो प्रतिबद्धता रहेको पनि उनले बताए ।
