विराटनगर — पूर्वी मोरङको रतुवामाई नगरपालिका–६ स्थित त्रिभुवन चोक नजिकै आमबारी भित्री सडकमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
को ९ प ७२९५ को मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा सडकमा अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते रतुवा माइ नगरपालिका १ कल्याणपुरका सोम टुडू र पत्नी वामनी हेमरमलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । तर उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।
