नेकपा एस संखुवासभामा शाक्य

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

Shakya in CPN S Sankhuwasabha

संखुवासभा — नेकपा (एकिकृत समाजवादी)को ९ औं जिल्ला अधिवेशनबाट सुमन शाक्य निर्विरोध चयन भएका छन् । शाक्य जिल्ला समन्वय समितिका प्रमुख हुन् ।

४७ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा उपेन्द्र राई र लक्ष्मी चापागाईं, सचिवमा राजेश खड्का उपसचिवमा इन्द्र कार्की, सुलोचना शाक्य र झलक गुरुङ चयन भएका छन् ।

नवनिर्वाचितलाई कोशी प्रदेश इञ्चार्ज राजेन्द्रकुमार राईले बिहीबार शपथ ग्रहण गराएर प्रमाणपत्र वितरण गरे । 

कान्तिपुर

Link copied successfully