राजपक्षीको उद्धार

चैत्र २१, २०८१

डम्बरसिं राई

The rescue of the kingfisher

खोटाङ — केपिलासगढी गाउँपालिकामा फेला परेको राजपक्षीको बच्चा उद्धार गरिएको छ ।

गाउँपालिकाको वडा नं–४ बाक्सिलामा बालबालिकाले गुँडबाट निकालेर खेलाउँदै गरेको अवस्थामा फेला पारी सव डिभिजन वन कार्यालयका कर्मचारीले बुधबार बासस्थानमै लगेर छाडेका हुन् ।

सब डिभिजन वन कार्यालय बाक्सिलाका वन रक्षक रमेश विश्वकर्माका अनुसार बालबालिकालाई अबदेखि राजपक्षीको बच्चा नखेलाउन सम्झाई बुझाई बासस्थानमा लगेर छाडिएको छ । 

‘केटाकेटीले गुँडदेखि निकालेर खेलाउँदै रहेछन्,’ विश्वकर्माले भने,‘अबदेखि नखेलाउन सम्झाई बुझाई बासस्थानमा लगेर छाडिएको छ ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully