संखुवासभाको चैनपुरमा दुई वटा शंकास्पद वस्तु फेला

चैत्र १८, २०८१

दीपेन्द्र शाक्य

Two suspicious objects were found in Chainpur of Sankhuwasabha

संखुवासभा — संखुवासभाको चैनपुरमा सोमबार बिहान दुईवटा शंकास्पद वस्तु फेला परेको छ ।

चैनपुर नगरपालिका–६ मा नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गर्ने क्रममा ती शंकास्पद वस्तु फेला परेका हुन् ।

द्वन्द्वकालमा सशस्त्र प्रहरी बल सुरक्षा बेस चैनपुर रहेको स्थानमा चैनपुर नगरपालिकाका कर्मचारीहरुले सरसफाइ गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनााएको छ ।

संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतका अनुसार गडीडाँडा जाने बाटोको बाँयापट्टी तारसहित जमिनमा गाडिएको अवस्थामा ती वस्तु फेला परेको हो । बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको उनले बताए ।

दीपेन्द्र शाक्य

Link copied successfully